site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘अञ्जिला’ र ‘आउट ल : दफा २१९’ आज मध्याह्नपछि हलमा

काठमाडौं । होली पर्वको अवसर पारेर आजदेखि दुई नेपाली चलचित्र रिलिजमा आएका छन् । ‘अञ्जिला’ र ‘आउट लः दफा २१९’ एकै दिन प्रदर्शनमा आएका हुन् ।

‘अञ्जिला’लाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका छन् । चलचित्र ‘अञ्जिला’ नेपाली फुटबल खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनसंघर्ष र सफलताको कथा हो ।

यो चलचित्रमा मुख्य भूमिकामा एञ्जिलासँगै दयाहाङ राई, सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारहरूको अभिनय रहेको छ । 

एक्सन जनरामा आधारित चलचित्र ‘आउट लः दफा २१९’लाई विक्की महर्जनको लेखन तथा निर्देशन रहेको छ । चलचित्रलाई अमित अग्रहरिले निर्माण गरेका हुन् । 

चलचित्रमा सुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेललगायत कलाकारको अभिनय छ । एक्सनप्रधान यस चलचित्रले सामाजिक मुद्दालाई पनि उठान गरेको छ । 

फागु पूर्णिमाका कारण मध्याह्नपछि मात्रै चलचित्र प्रदर्शनमा आउनेछन् । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  १०:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro