site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नौजवानलाई गगन थापाले भने– तथ्यांक पल्टाएर हेर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तन्नेरी पुस्तालाई बहकाउमा नलागेर तथ्यांक हेर्न आग्रह गरेका छन् । मंगलबार (फागुन २७) प्रतिनिधिसभा बैठकमा उनले ‘देशले धान बेच्थ्यो, स्वर्ग थियो’ भन्नेतर्फ नलागी तथ्यांक परीक्षण गर्न आग्रह गरे ।

“तन्नेरी साथीहरूलाई मेरो आग्रह छ, तपाईंहरू डेटा (तथ्यांक)मा विश्वास गर्नुहुन्छ, उहिले देशले धान बोच्थ्यो भन्दिन्छ – तथ्यांक पल्टाएर हेर्दिनुस् । उहिले नेपाल स्वर्ग थियो भन्दिन्छ – तथ्यांक पल्टाएर हेर्नुस् ।”

उनले पछिल्लो ३० वर्षमा देशमा भएका प्रगति लोकतन्त्रको उपज भएको बताए । “पछिल्लो ३० वर्षमा जे जे भएका छन्, ती च्वाइसको स्वतन्त्रताबाट भएका उपलब्धि हुन्,” सांसद थापाले भने, “सरकारले होइन, सबै नागरिकले नै गरेका हुन् । तर, त्यो गर्नुका पछाडि फ्रिडम अफ च्वाइस (छनोटको स्वतन्त्रता)ले काम गरेको हो ।”

उनले सडकमा उत्रिएका ‘नौजवान’का असन्तुष्टि सम्बोधन गर्नैपर्ने बताए । उनीहरूका आक्रोशका कारण विषयमा आफूले छलफल र सुन्ने काम गरिरहेको भन्दै थापाले त्यसको सम्बोधन सरकारको दायित्व भएकामा जोड दिए ।

“सडकमा आएका नौजवानहरूका असन्तुष्टि, आक्रोशलाई हामीले सम्बोधन गर्नैपर्छ,” उनले भने, “मैले नौजवानहरूका पोडकास्ट सुनिरहेको छु, छलफल गरिरहेको छु । उहाँहरूका आक्रोश सम्बोधन गर्नैपर्छ ।”

युवालाई बहस र असन्तुष्टि राख्न आग्रह गर्दै उनले घृणा फैलाउने अभिव्यक्तिबाट टाढ रहन आग्रह गरे । “बहस गरौँ, असन्तुष्टि पनि राखौँ, तर कुनै व्यक्तिका विरुद्ध घृणा फैलाउने काम नगरौँ,” थापाले भने, “आज आइडियोलोजीकल्ली यो गर्छु त्यो गर्छु भन्नेहरूलाई मेरो भन्नु केही छैन । तर, असन्तुष्ट युवाहरूलाई सम्बोधन गर्नुपर्छ । देशको भविष्यसँग जोड्नुपर्छ ।”

वर्तमान संविधान र व्यवस्थाको षड्यन्त्रविरुद्ध उभिने सबैसँग सहकार्य गर्ने उनले उद्घोष गरे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १५:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro