खेल

काठमाडौं । फ्रान्सका मिडफिल्डर पउल पोग्बामाथिको प्रतिबन्धको समयावधि सकिएको छ । सन् २०१८ मा फ्रान्सलाई विश्वकप उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निभाएका पोग्बा आज (अप्रिल ११)देखि प्रतिबन्धबाट फुकुवा भएका हुन् ।
उनलाई यसअघि डोपिङ टेस्टमा असफल हुँदा कोर्ट अफ अर्बिट्रेसन फर स्पोर्ट्स (सीएएस)ले १८ महिनाको प्रतिबन्ध लगाएको थियो । अन्तर्राष्ट्रिय र व्यावसायिक दुवै फुटबलबाट प्रतिबन्धमा परेपछि २०२४ को नोभेम्बरमा इटालियन क्लब युभेन्ट्स र पोग्बाबीचको सम्झौता समेत रद्द भएको थियो ।
पोग्बाले २०२३ को अगस्टदेखि प्रतिस्पर्धात्मक फुटबल खेलेका छैनन् । सुरुमा उनलाई चार वर्षको प्रतिबन्ध लगाइएको थियो । पछि उनको प्रतिबन्ध १८ महिनामा झारिएको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१ १४:३६
प्रतिक्रिया दिनुहोस्