site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओखलढुंगा मिसन अस्पतालको बिमा रकम तत्काल पठाउन सांसद खतिवडाको माग 

काठमाडौं । सांसद रामहरि खतिवडाले ओखलढुंगाको मिसन अस्पतालको बिमा रकम तत्काल पठाउन सरकारको ध्यानाकर्षण गरेका छन् । बिमा रकम समयमा नपुग्दा बिरामीले उपचार नपाउने र डाक्टरले तलबभत्ता नपाउने अवस्था आएको भन्दै तत्काल रकम पठाउन खतिवडाले ध्यानाकर्षण गराएका हुन् । 

“ओखलढुंगा मिसन हस्पिटलमा बिमाको रकम समयमा नपुग्नाले त्यहाँ बिरामीले उपचारबाट वञ्चित हुनुपरेको छ । डाक्टरले तलब पाएका छैनन् र औषधिको अभाव भएकाले छिटोभन्दा छिटो त्यहाँ बिमाको रकम पठाउने व्यवस्था होस्,” खतिवडाले मंगलबारको संसद् बैठकमा भने, “केवल बोल्ने काम गर्ने, तर पूरा गर्ने काम नगर्नाले जनतामा निराशा पैदा हुन्छ । त्यसको अन्त्य होेस् ।”

खतिवडाले ओखलढुंगालगायत जिल्लाका स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र वितरणको काम आरम्भ गरेकोमा सरकारलाई धन्यवाद दिए । “हामीले राष्ट्रिय परिचयपत्र स्थानीय तहमै गएर वितरण गर्छौं भनेका थियौँ । सरकार त्यहाँ पुगेछ धन्यवाद,” खतिवडाले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १४:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro