देश

काठमाडौं । अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा सोमबार काठमाडौंमा ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ हुने भएको छ ।
सम्मेलनको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा पूर्वप्रधानन्यायाधीश तथा न्यायाधीशहरू, सर्वोच्च, उच्च र जिल्ला अदालतका बहालवाला महिला न्यायाधीश गरी ६० जनाको सहभागिता रहनेछ ।
सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लका अनुसार सम्मेलनमा महिला न्यायाधीशका अनुभव तथा कार्यगत चुनौती तथा व्यवस्थापन र व्यावसायिक क्षमता अभिवृद्धिका सम्बन्धमा विचार आदानप्रदान गरिनेछ ।
यसअघि गत चैत ९ गते महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलन भएको थियो ।रासस
प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१ २०:१९
प्रतिक्रिया दिनुहोस्