site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वुमन्स डे कप टी–२० कप : नेपालको पहिलो जित
Tiktok banner adTiktok banner ad

काठमाडौं । वुमन्स डे कप टी–२० कपमा नेपाली राष्ट्रिय महिला टिमले पहिलो जित निकालेको छ । बुधबार युगान्डामा भएको खेलमा नेपालले घरेलु टिमविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको हो । 

खेलमा युगान्डाले प्रस्तुत गरेको ७६ रनको लक्ष्य नेपालले १९.५ ओभरमा नौ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा साना प्रविनले सर्वाधिक १७ रन बनाइन् । 

यस्तै, पुजा महतोले १६ र रुविना क्षेत्रीले १० रन थपे । नेपालले ९ रन अतिरिक्त पाएको थियो । युगान्डाकी जनेत एम्बाबाजीले तीन विकेट लिइन् । साराह वालाजाको नाममा दुई विकेट रह्यो । 

युगान्डाकी ओपनर इमाकुलेट नाकिसुयीले सर्वाधिक २२ रन बनाइन् । स्टेफन नाम्पिनाले १४ रन थप्दा मलिसा आरिओकोटले ११ रन जोडिन् ।

प्रतियोगितामा नेपालको यो पहिलो जित हो । यसअघि नेपाल आफ्नो पहिलो खेलमा नामिबियाविरुद्ध ६ विकेटले पराजित भएको थियो । 

जितसँगै दुई अंक जोडेको नेपाल तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । प्रतियोगितामा नेपाल, युगान्डा, नामिबिया र हङकङ गरी चार देशको सहभागिता छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro