site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रात्रिभोज खुवाएर पोखराबाट फर्किंदै पूर्वराजा
फाइल तस्बिर ।

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौं फर्किंदै छन् । उनी पुरानो विमानस्थलबाट आइतबार दिउँसो ३ बजे काठमाडौं फर्किंदै छन् ।

यसअघि, शनिबार राति उनले माउन्ट ग्लोरी रिसोर्टमा आफू निकट व्यक्तिहरूलाई रात्रिभोज दिएका थिए ।

भोजमा प्राडा जगमान गुरुङसहित सांस्कृतिक अध्येता सुनील उलकलगायत सहभागी थिए । त्यसबाहेक पोखराका विभिन्न धार्मिक संस्थाका प्रतिनिधि पनि सहभागी थिए ।

यस्तै, स्याङ्जाको आलमदेवी, बागलुङ कालिका, म्याग्दीको गलेश्वर मन्दिरसहित पोखराको धर्मोदय सभा, भैरव सांस्कृतिक समितिलगायत संस्थाका प्रतिनिधि पनि भोजमा निम्त्याइएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कार्यकर्ताहरू पनि भोजमा सामेल थिए ।

पोखरा रहँदा उनले शक्तिपीठहरूको दर्शन गरेका थिए । माघ २७ गते पोखरा आएका पूर्वराजा शाहले यसबीचमा विन्ध्यवासिनी मन्दिर दर्शन गरेका थिए । फागुन २२ गते उनले पोखराको वीरेन्द्रचोकमा राजा वीरेन्द्रको सालिक अनावरण गरे । त्यसबाहेक उनलाई केही स्थानीयले नगर परिक्रमासहितको अभिनन्दन पनि गरेका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १४:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro