site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वर्षाले रोकियो नेपाल र नामिबियाबीचकोे खेल
Tiktok banner adTiktok banner ad

काठमाडौं । युगान्डामा सुरु भएको चारदेशीय महिला ट्वान्टी–२० आई शृंखलाअन्तर्गत शनिबार नेपाल र नामिबियाबीचको खेल वर्षाले रोकिएको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा वर्षाका कारण खेल रोकिएको हो । 

नेपालले दिएको ९३ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले ब्याटिङ गरिरहेको थियो । खेलको आठौँ ओभर सकिएपछि वर्षाले खेल रोकिएको हो ।

नामिबियाले आठ ओभरमा एक विकेट गुमाउँदै ३९ रन बनाएको छ । नामिबियाकी सुन विटम्यान नौ बलमा एक चौकाको मद्दतले सात रन बनाउँदै आउट भएकी हुन् । नेपालकी पूजा महतोले उनको विकेट लिइन् । स्ट्राइकमा मेकेलान्ये म्वाटिले र एडेल भानजिल छन् ।

यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको नेपाली महिला टोलीले निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै ९२ रन बनाएको थियो । नेपालका निम्ति सम्झना खड्काले ११ बलमा चार चौकाको मद्दतले सर्वाधिक १८ रन जोडिन् ।

ईश्वरी विष्ट ‘नकआउट’ हुँदै १७, कविता जोशीले १६, पूजा महतोले १३ बाहेक अरू कुनै खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालले अतिरिक्त १५ रन प्राप्त गरेको थियो ।

नामिबियाका निम्ति मेकेलाये म्वाति र विल्का म्वातिले समान तीन/तीन विकेट हात पारे । केलिन ग्रिनले दुई र जुरिन डिएरगार्डले एक विकेट लिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  २०:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro