site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्बिया पठाइदिने भन्दै चार लाख ठगी
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । वैदेशिक रोजगारीमा सर्बिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको गुराँस गाउँपालिका–७ का ३५ वर्षीय सर्वराज बिसी छन् ।

सर्बिया पठाइदिने भन्दै एक व्यक्तिबाट चार लाख रुपैयाँ लिई उनी सम्पर्कविहीन भएका थिए । शुक्रबार (फागुन २३) उनलाई टेकुबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनी काठमाडौंकै टोखा नगरपालिका–९, गणेशथानमा बस्दै आएका थिए । आवश्यक अनुसन्धान र कारबाहीका निम्ति उनलाई वैदेशिक रोजगार विभागमा पठाइएको उक्त कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  १६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro