site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दयाहाङ राई भन्छन्– ‘राजागंज’ १५ हजार विदेशी दर्शकले हेरिसके 

काठमाडौं । अभिनेता दयाहाङ राईले चलचित्र ‘राजागंज’ ठूलो संख्यामा विदेशी दर्शकले हेरिसकेको बताएका छन् । विश्वका प्रतिष्ठित र ठूला फिल्म फेस्टिभलमा पुगिसकेको ‘राजागंज’लाई १५ हजारभन्दा धेरै दर्शकले हेरिसकेको दाबी गरेका छन् । 

ठूला फेस्टिभलमा स्क्रिनिङ भएको चलचित्र १५ हजारभन्दा धेरै विदेशीले हेरिसकेको उनको भनाइ छ । यसअर्थमा निर्माण टिम ‘राजागंज’लाई विदेशी बजारमा पुर्‍याउने योजनामा सफल भएको दयाहाङले बताएका छन् । 

फेस्टिभलमा ठूलो संख्यामा दर्शकले हेरिसेकाले यो चलचित्र विदेश पुग्यो भन्न सकिने उनको तर्क छ । 

दीपक रौनियारले निर्देशन गरेको ‘राजागंज’ भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बईजस्ता विश्वका ठूला सिनेमा महोत्सवमा स्क्रिनिङ भइसकेको छ । यो चलचित्र गत कात्तिकमा एकै महिना पाँचवटा फेस्टिभलमा स्क्रिनिङ भएको थियो । भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन पाएको थियो । 

लेखकसमेत रहेका निर्देशक रौनियारले २०७२ मा संविधान जारी भएपछि विरोधमा भएको मधेस आन्दोलनलाई केन्द्रमा राखेर कथा भनेको बताएका छन् । 

चलचित्रले मधेसमा आन्दोलन चर्किरहँदा अपहरणमा परेका सभासद र विद्यालयकी प्रधानध्यापकका छोरालाई मुक्त गराउन प्रहरीको ‘अप्रेसन’ कथा भन्नेछ ।

चैत १ गतेबाट प्रदर्शन आउने चलचित्रको मुख्य भूमिकामा आशा मगराती छिन् । आशासँगै दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठलगायतको अभिनय छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १४:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro