site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१७ महिनापछि राष्ट्रिय टिममा फर्किए नेइमार

काठमाडौं । ब्राजिलियन फरवार्ड नेइमार जुनियर १७ महिनापछि ब्राजिलियन राष्ट्रिय टिममा फर्किएका छन् ।

सन् २०२३ को अक्टोबरमा विश्वकप छनोटअन्तर्गत कोलम्बियाविरुद्ध नेइमारले घुँडाको चोट बोकेका थिए । त्यसयता स्वाभाविक लयका निम्ति संघर्षरत नेइमार राष्ट्रिय टिममा स्थान बनाउन असफल थिए ।

साउदी प्रो लिगको अल हिलालमा निराशाजनक कार्यकालपछि हाल नेइमार ब्राजिलकै क्लब सान्तोसमा आबद्ध छन् । आफ्नो बाल्यकालको क्लब भित्रिएयता नेइमारले तीन गोल र सात असिस्ट गरेका छन् । यही प्रदर्शनका कारण नेइमारलाई ब्राजिलका मुख्य प्रशिक्षक डोरिभल जुनियरले राष्ट्रिय टिममा समावेश गरेका हुन् ।

नेइमारले १२८ अन्तर्राष्ट्रिय खेल खेल्दा ७९ गोल गरेका छन् । उनी ब्राजिलका उच्च गोलकर्ता हुन् ।

ब्राजिलले विश्वकप छनोटअन्तर्गत कन्मेबोलको खेलमा कोलम्बिया र अर्जेन्टिनासँग खेल्ने तालिका छ । ब्राजिलले मार्च २१ मा कोलम्बियालाई आतिथ्यता प्रदान गर्नेछ । त्यसको पाँच दिनपछि अर्जेन्टिना भ्रमण गर्नेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १४:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro