site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भूमिसम्बन्धी अध्यादेश हराएको छैन : सञ्चारमन्त्री 
फाइल तस्बिर ।

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङले भूमिसम्बन्धी अध्यादेश समयसीमाभित्रै संसद्‌बाट पारित गरिने बताएका छन् । पछिल्लो मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै उनले सत्तारूढ दलमा विस्तृत छलफल गर्नुपर्ने भएकाले पाँच अध्यादेशसँगै भूमि अध्यादेश अघि नबढाइएको बताए । 

“सत्तारूढ दलमा फेरि पनि छलफल गर्नुपर्ने आवश्यकता रहेको, विस्तृत छलफल गर्न समय लिएको मात्रै हो,” उनले भने, “यो हराएको छैन । प्रतिनिधिसभामा नै छ, राष्ट्रियसभामा नै छ । समयसीमाभित्र पारित हुन्छ ।”

उनले प्रतिस्थापन विधेयक ल्याएर ६० दिनभित्र पारित गर्नुपर्ने भएकाले समयसीमा बाँकी नै रहेको बताए ।

माघ १८ गते संसद्‌मा दर्ता भएका अरू पाँच अध्यादेश स्वीकृत भइसकेका छन् । भूमिसम्बन्धी अध्यादेश भने सत्तारूढ दलकै विरोधका कारण 'होल्ड' भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro