site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्यानडा र मेक्सिकोमाथि कर लगाउने सम्बन्धमा ट्रम्पले लिए यस्तो निर्णय
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोमा २५ प्रतिशत कर छुट अघि बढाउने निर्णय गरेका छन् ।

दुई दिनमा ट्रम्पले अमेरिकाका दुई ठूला व्यापारिक साझेदारहरूबाट आयातमा भन्सार लगाउने र त्यसपछि छुट दिने निर्णय गरेको यो दोस्रो पटक हो ।

यी निर्णयहरूले व्यवसायमा अनिश्चितता बढाएको छ । बुधबार ट्रम्पले कार निर्माताहरूलाई २५ प्रतिशत आयात शुल्कबाट अस्थायी रूपमा छुट दिने बताए ।

मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले ट्रम्पलाई यस कदमका लागि धन्यवाद दिएका छन् । क्यानडाका अर्थमन्त्रीले देशले अमेरिकी उत्पादनहरूमा दोस्रो चरणको प्रतिशोधी कर लगाउने निर्णय हाललाई केही ढिलो गरिएको बताएका छन् । 
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बिहीबार अमेरिकी राष्ट्रपति ट्रम्पसँग करको बारेमा फोनवार्ता भएको बताएका छन् ।

ट्रुडोले पत्रकारसँग केही राहत भए पनि व्यापारलाई लिएर दुई सहयोगीहरूबीच भविष्यमा टकरावको सम्भावना कायमै रहेको बताए । 

मेक्सिकन राष्ट्रपति शेनबाउमसँगको फोनवार्तापछि ट्रम्पले अप्रिल २ सम्म छुट विस्तार गर्न सहमत भएको बताएका छन् । यो उपाय कार निर्माता र पार्टपुर्जा आपूर्तिकर्ताहरूलाई सहयोग गर्ने उद्देश्यले गरिएको उनले प्रष्ट पारेका छन् । 

ह्वाइट हाउसका एक अधिकारीले मेक्सिकोबाट हुने लगभग ५० प्रतिशत अमेरिकी आयात र क्यानडाबाट हुने ६२ प्रतिशत आयातमा अझै पनि भन्सार शुल्क कायम रहनसक्ने बताएका छन् । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  ०८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro