site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
क्यानडा र मेक्सिकोका अटोमेकरलाई ट्रम्पले दिए एक महिना कर छुट

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन ठूला अटोमेकर कम्पनीलाई क्यानडा र मेक्सिकोबाट हुने आयातमा एक महिनाका लागि कर छुट दिएका छन् ।

जनरल मोटर्स, फोर्ड र स्टेलान्टिसका कार्यकारीको अनुरोध पछि ट्रम्पले घोषणा गरेको २५ प्रतिशत कर लाग्ने प्रावधाना छुट दिएका हुन् । यो छुटका लागि अप्रिल २ सम्ममा अटोमेकरहरूले आफ्नो अपरेसन अमेरिकामा सार्ने आंकलन गरिएको छ ।

अमेरिका–मेक्सिको–क्यानडा सम्झौता (यूएसएमसीए) अनुसार क्यानडा मेक्सिकोबाट हुने धेरैजसो आयातमा कर छुट थियो । उत्तर अमेरिकी व्यापार सम्झौता (एनएफटीए)लाई विस्थापित गर्ने उक्त सम्झौता यसअघि ट्रम्पको पहिलो कार्यकालमा भएको थियो ।

बिग थ्री भनिने यी तीन अटो निर्मातासहित अन्य अटोमेकरको क्यानडा र मेक्सिकोमा उत्पादन र अमेरिका र अन्त निर्यात गर्ने जटिल आपूर्ति श्रृंखला छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्रम्पसँग बुधबार फोनवार्ता गरेका थिए । फोनवार्तापछि अटो निर्माता कम्पनीबाहेक अन्य केही उत्पादनमा पनि कर छुट दिने वा घटाउने सम्भावना छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  ११:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro