site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विराट गोल्डकप : त्रिभुवन आर्मी विजयी

विराटनगर । विराटनगरको सहिद रंगशालामा भइरहेको विराट गोल्डकपको फुटबल प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेल विभागीय टिम त्रिभुवन आर्मीले जितेको छ । बुधबार भएको रात्रिकालीन खेलमा मोरङले थुप्रै अवसर पाए पनि गोल गर्न सकेन ।

आर्मीले मोरङ ११ लाई १–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । पहिलो हाफमा आर्मीले अग्रता बनाएको थियो । पहिलो सेमिफाइनल फागुन २५ गते खेल्नेछ ।

पहिलो हाफको ३७औँ मिनेटमा आर्मीका निरज चौधरीले गोल गरेर टिमलाई अग्रता दिलाए । पथेमन गलेले मध्य भागबाट दिएको क्रसलाई निरजले गोलमा परिणत गरे ।

घरेलु दर्शकको साथ पाएको मोरङले गोल गर्ने थुप्रै सुन्दर अवसर खेर फाल्यो । खेलको ५३औँ मिनेटमा मोरङका भुवन बस्नेतले २५ यार्डबाट गरेको कडा प्रहार आर्मीका गोल रक्षक विकेस कुथुले उत्कृष्ट बचाउ गरिदिएका थिए । लगत्तै सुशील राईले गोल गर्ने गतिलो अवसर गुमाए । ७० औँ मिनेटमा दोर्जे तामाङले डिबक्स नजिकदेखि गरेको प्रहार गरे तर पोल माथिबाट बाहिरियो ।  त्यसपछिका अवसरलाई पनि मोरङले सदुपयोग गर्न सकेन ।

आजको खेलमा आर्मीका गोल रक्षक कुथु प्लेयर अफ दी म्याच घोषित भएका छन् । उनले नगद ११ हजार प्राप्त गरे ।

बिहीबार दोस्रो क्वार्टरफाइनल नेपाल पुलिस र सशस्त्र प्रहरीबीच हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  २२:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro