site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एडीबीद्वारा नेपालका लागि चार वर्षे रणनीति कार्ययोजना प्रस्तुत

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपालका लागि चार वर्षे (सन् २०२५–२०२९) रणनीति कार्ययोजना प्रस्तुत गरेको छ ।

अमेरिकी चेम्बर अफ कमर्स (एमच्याम) नेपालले  आयोजना गरेको कार्यक्रममा एडीबीका देशीय अपरेसन प्रमुख अर्नोड हेकम्यानले रणनीतिक कार्ययोजना प्रस्तुत गरेको एमच्यामले जनाएको छ । जसमा समावेशी, हरित र रोजगारमूलक आर्थिक वृद्धिसम्बन्धी तीनवटा रणनीति रहेका छन् ।

उक्त रणनीतिक कार्ययोजनामा निजी क्षेत्रको नेतृत्वमा रोजगारीमूलक हरित आर्थिक रूपान्तरण प्रवर्द्धन, समावेशी र गुणस्तरीय मानव पुँजी विकास तथा सार्वजनिक सेवाको प्रवर्द्धन र वातावरणीय दिगोपन तथा जलवायु सहनशीलता अभिवृद्धि रहेको एमच्याम नेपालका महाप्रबन्धक अमिरआर थापाले जानकारी दिए ।

नेपालमा एडीबीले विभिन्न ३२ वटा परियोजना सञ्चालन गरिरहेको छ । जसमा कुल ४.३ अर्ब डलर लगानी भएको छ । ती परियोजनामार्फत निजी क्षेत्रको विकास, कृषि, शिक्षा, ऊर्जा, वित्त, उद्योग तथा व्यापार, सार्वजनिक क्षेत्र व्यवस्थापन, यातायात, सहरी विकासजस्ता क्षेत्रमा काम भइरहेको एडीबीको भनाइ छ । त्यसअवसरमा एडीबी नेपालका लागि आवासीय निर्देशक अर्नोड काउचोइसले एडीबीको नेपालमा गरिरहेका गतिविधिबारे जानकारी गराएका थिए ।

कार्यक्रममा अमेरिकी दूतावासका आर्थिक तथा व्यापारिक अधिकृत ड्यारिन क्रिस्टेन्सेनले एमच्याम नेपालद्वारा आयोजना गरिएको यो शृंखलाले अमेरिकी कम्पनीलाई नेपालमा व्यवसाय विस्तार गर्न उत्प्रेरित गर्ने बताए । एडीबी र विश्व बैंक समूहका परियोजनाहरूले नेपालका सूचना प्रविधि, ऊर्जा तथा पर्यटन क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने भन्दै उनले यी संस्थाहरूको उपस्थितिलाई प्रशंसा गरे ।

नयाँदिल्लीस्थित अमेरिकी दूतावासका प्रमुख वाणिज्य अधिकृत सिआओबिङ फेङले नेपाली तथा अमेरिकी व्यवसायीहरूलाई आपसी साझेदारीमा जोड्न आफूहरू प्रतिबद्ध रहेको बताए । उनले नेपाली कम्पनीहरूलाई सेलेक्ट ‘यूएसए’ कार्यक्रममा सहभागी गराउन प्रोत्साहित गर्ने जानकारी गराए ।

एमच्याम नेपालका महाप्रबन्धक थापाले स्वागत मन्त्व्य राख्दै नेपाललाई व्यापार र लगानीको सम्भावनायुक्त गन्तव्यका रूपमा स्थापित गर्न संस्था प्रतिबद्ध रहेको बताए । उनले एमच्याममले अमेरिकी व्यवसाय समुदाय र  नेपाल सरकारबीचको पुलको काम गरिरहेको बताए । यसमार्फत उद्यमशीलता प्रवर्द्धन, रोजगारी सिर्जना, र नेपाल–अमेरिका द्विपक्षीय व्यापार सशक्त बनाउन योगदान पुर्‍याउनेमा उनले विश्वास व्यक्त गरे ।

 

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro