site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रिंकुकुमारीको बलात्कार घटनाका ‘मुख्य’ आरोपित पक्राउ

काठमाडौं । सिरहाकी रिंकुकुमारी सदाको बलात्कारपछि फरार ‘मुख्य’ आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूपेश मण्डल छन् । उजुरीपछि भागेका रूपेशलाई गए राति पक्राउ गरिएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

गएको माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केका बेला नवराजपुर गाउँपालिका–१, भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारीको सामूहिक बलात्कार भएको थियो । त्यसबारे प्रहरीमा जाहेरी दिनुको साटो माघ २९ र ३० गते पञ्चायत बसेर गाउँमै लेनदेनमा घटना सामसुम पार्ने प्रयास गरिएको थियो ।

माघ ३० गते साँझ रिंकु आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

उक्त घटना सार्वजनिक भएपछि मधेस प्रदेश प्रहरी कार्यालयले एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको थियो । त्यसपछि पीडित परिवारले रूपेशसहित आठजनाविरुद्ध पूरक जाहेरी दर्ता गराएका थिए ।

कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चार शीर्षकमा पूरक जाहेरी दर्तासँगै अनुसन्धान अघि बढाइएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro