site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यूईएफए च्याम्पियन लिग : ‘मड्रिड’ डर्बीमा रियालको जित 

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको ‘मड्रिड डर्बी’मा एट्लेटिको मड्रिडविरुद्ध रियाल मड्रिडले पहिलो लेगमा २–१ को जित निकालेको छ । 

मंगलबार राति घरेलु मैदान सान्टियागो बर्नबेउमा सम्पन्न खेलमा रियाललाई जित दिलाउन रोड्रिगो र ब्राहिम डियाजले गोल गरे । पाहुना टिमका अर्जेन्टिनी फरवार्ड हुलियन आल्भारेजले एक गोल फर्काएका थिए । 

खेलको चौथो मिनेटमा रोड्रिगोले गोल गरेपछि रियालले सुरुआतमै पाहुना टिमविरुद्ध अग्रता बनाएको थियो । तर, ३२औँ मिनेटमा आल्भारेजले गोल गरेपछि पहिलो हाफमा १–१ को बराबरीमा समाप्त भएको थियो । 

रियालका डियाजले ५५औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । यसपछि थप गोल नहुँदा रियालले पहिलो लेगमा २–१ को अग्रता बनाएको हो ।

यी दुई टिमबीचको दोस्रो लेग मार्च १३ मा एट्लेटिको मड्रिडको मैदानमा हुनेछ ।

च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति नै भएको अर्को खेलमा बोरुसिया डर्टमन्ड र लिलले १–१ को बराबरी खेलेका छन् । डर्टमन्डको मैदानमा भएको खेलमा घरेलु टिमले अग्रता बनाए पनि दोस्रो हाफमा लिल खेलमा फर्किएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  ०८:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro