site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षणमा ३० खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले आउँदो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र एएफसी एसियन कप क्वालिफायरका निम्ति ३० सदस्यीय प्रारम्भिक बन्द प्रशिक्षण टोली सार्वजनिक गरेका छन् ।

रोसले सिंगापुरविरुद्धको मैत्रीपूर्ण प्रतिस्पर्धा र एसियन कप क्वालिफायरअन्तर्गत मलेसियाविरुद्धको खेलका निम्ति ३० खेलाडीलाई प्रारम्भिक बन्द प्रशिक्षणमा डाकेका हुन् ।

नेपालले यही मार्च २१ मा सिंगापुरविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने छ । यस्तै, नेपाली टिमले मार्च २५ मा मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्ने तालिका छ ।

रोस आइतबार (फागुन १८) एक वर्षको सम्झौतासहित नेपाली टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् ।

नेपालको प्रारम्भिक टोली
गोलकिपर : किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की, अभिषेक बराल र अन्जल श्रेष्ठ

रक्षक : अनन्त तामाङ, छिरिङ लामा, रोहित चन्द, विमल पाण्डे, सनिस श्रेष्ठ, रन्दीप पौडेल, सुमित श्रेष्ठ, अन्जन राई, अभिषेक लिम्बू, आशीष गुरुङ र अशोक खवास

मिडफिल्डर : लाकेन लिम्बू, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक बिष्ट, मनीष डांगी, आयुश घलान र कृतिशरत्न छुन्जु

फरवार्ड : जिलेस्पीजंग कार्की, अञ्जन बिष्ट, समिर तामाङ, दिनेश हेन्जन, सुवास ठकुरी बम र निरञ्जन धामी ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १०:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro