site stats
बाह्रखरी :: Baahrakhari
देश
थापाथलीमा खानेपानीको पाइप फुट्यो 

काठमाडौं । थापाथली चोक नजिकै मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको छ । 

थापाथली चोकबाट नर्भीक इन्टरनेसनल हस्पिटल आउने सडकमा पाइप फुटेको हो । पाइप फुटेर पानी जम्मा भएपछि सडक अवरुद्ध भएको छ ।

यसअघि केही दिनअगाडि बबरमहलमा पनि खानेपानीको पाइप फुटेर बाढी नै आएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  ०६:५४
प्रतिक्रिया दिनुहोस्