site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विराट गोल्डकप : मोरङले जित्यो उद्घाटन खेल

विराटनगर । विराटनगरमा सुरु भएको विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेल मोरङले जितेको छ । मोरङले भारतको साउथन समिति कोलकातालाई ३–२ ले हराउँदै उद्घाटन खेल जितेको हो ‌।

जितसँगै मोरङ क्वाटर फाइनलमा प्रवेश गरेको छ । अब उसको भेट त्रिभुवन आर्मी क्लबसँग हुनेछ । रात्रिकालीन स्पर्धामा मौसम सुब्बाले खेलको दोस्रो हाफको ४३ मिनेटमा निर्णायक गोल गर्दै मोरङलाई जित दिलाए । पहिलो हाफको प्रतिस्पर्धात्मक खेल २–२ गोलको बराबरीमा थियो  ।

मोरङ एफएका लागि अभिषेक गुरुङले १० मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

कयौँ पटक गोल पोस्टमा प्रहार गरेका साउथन समितिका खेलाडीले १३ मिनेटमा बराबरी गोल फर्काउन सफल भए ।

कोलकाताका सुदीप्ता हाल्देनले जवाफी गोल गरे ।  खेलको ३४औँ मिनेटमा कोलकाताका अनिमेषले हेडमार्फत गोल गर्दै खेललाई २–१ को अवस्थामा पुर्‍याए ।  पहिलो हाफको ४६औँ मिनेटमा पेनाल्टीलाई सदुपयोग गर्दै मोरङका दोर्जे तामाङले दोस्रो गोल गरे । त्यसपछि खेल २–२ को अवस्थामा पुग्यो ।

सहिद रंगशालामा सुरु भएको प्रतियोगितामा नेपाल र भारतका १० टिम सहभागी छन् । नेपालका ८ वटा विभागीय टोली छन् ।

प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ, उपविजेताले ५ लाख, उत्कृष्ट प्रशिक्षकले १५ हजार, सर्वाधिक गोलकर्ताले १५ हजार, दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई १५ हजार र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार पुरस्कार दिइने फुटबल आयोजक समिति संयोजक नवीन रिजालले बताए ।

प्रतियोगिता फागुन २८ गतेसम्म चल्नेछ । अघिल्लो संस्करणको उपाधि मोरङ ११ ले जितेको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  २१:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro