site stats
बाह्रखरी :: Baahrakhari
खेल
प्रधानमन्त्रीसँग इटालीका गोलरक्षक बुफोनको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र इटालीका राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान जियानलुइजी बुफोनबीच भेट भएको छ ।

केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रमका प्रमुख अतिथिका रूपमा नेपाल आएका अन्तर्राष्ट्रिय गोलरक्षक बुफोन र प्रधानमन्त्री ओलीबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटरमा भेट भएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भेटमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज राई, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे, बुफोनका परिवारका सदस्यलगायत सहभागी थिए ।

फागुन ११ गतेदेखि सुरु भएको च्याम्पियनसिप आज साँझ दशरथ रंगशालामा समापन हुँदै छ ।

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्