site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आजदेखि विराट गोल्डकप, मोरङ र भारतको साउथर्न क्लब भिड्दै

विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन आज हुँदै छ । उद्घाटन खेलमा आयोजक मोरङ एफसी र भारतको साउथर्न समिति फुटबल क्बल कोलकाता भिड्नेछन् । विराटनगरको सहिद रंगशालामा हुने रात्रिकालीन खेल सोमबार साँझ साढे ६ बजेदेखि सुरु हुनेछ ।

‘विराटनगरको साथ, फुटबलको विकास’ भन्ने नाराका साथ आयोजना हुने प्रतियोगितामा भारतका दुई र नेपालका आठ टिम सहभागी हुँदै छन् । यसको तयारी पूरा भएको गोल्डकप आयोजक समितिका संयोजक नवीन रिजालले बताए ।

प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले पाँच लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । प्रतियोगिता सम्पन्न गर्न एक करोड ३५ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको विराट गोल्डकप फुटबल ट्रस्टले जनाएको छ ।

उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्ताले १५–१५ हजार नगद पुरस्कार पाउनेछन् । यसैगरी, दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार र प्रतियोगिता भर सर्वोकृष्ट खेलाडीलाई ५१ हजार प्रदान गरिने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १०:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro