site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारत बन्यो समूह विजेता, सेमिफाइनलमा अस्ट्रेलियासँग भिड्ने
Tiktok banner adTiktok banner ad

काठमाडौं । समूह ‘ए’को अन्तिम खेलमा न्युजिल्यान्डविरद्ध ४४ रनको जित निकालेसँगै भारतले आईसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अस्ट्रेलियासँग खेल्ने भएको छ ।

सोमबार युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा भारतले प्रस्तुत गरेको २५० रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डले ४५.३ ओभरमा सबै विकेट गुमाएर २०५ रनमात्र बनाउन सक्यो । जितसँगै भारत समूहको विजेता बन्दा न्युजिल्यान्ड उपविजेता बनेको हो । 

न्युजिल्यान्डका केन विलियम्सनले एक रन बनाए पनि टिमको हार टार्न सकेनन् । यसबाहेक, कप्तान मिचेल स्यान्टनरले २, ओपनर विल योङले २२, डार्यल मिचेलले १७ र टम लाथमले १४ रन थपे ।

भारतका वरुण चक्रवर्तीले पाँच विकेट लिए । कुलदीप यादवले दुई विकेट लिँदा हार्दिक पन्ड्या, अक्षर पटेल र रविन्द्र जडेजाको नाममा समान एक विकेट रह्यो । 

त्यसअघि भारतले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २४९ रनको योगफल खडा गरेको थियो । 

भारतका श्रेयस ऐयरले ७९ रन बनाएका थिए । हार्दिक पन्ड्याले ४५, अक्षर पटेलले ४२ र केएल राहुलले २३ रन थपे ।

न्युजिल्यान्डका म्याट ह्यारीले पाँच विकेट लिएका थिए । यसबाहेक, काइल ज्यामिसन, विल ओ‘राउर्के, मिचेल स्यान्टनर र रचिन रविन्द्रले समान एक विकेट लिए । 

प्रतियोगिताको सेमिफाइनलमा अब भारतले अस्ट्रेलियासँग खेल्दा न्युजिल्यान्डले भने समूह ‘बी’को विजेता दक्षिण अफ्रिकाविरुद्ध खेल्ने तय भएको छ । प्रतियोगिताको सेमिफाइनल खेल मंगलबारदेखि सुरु हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  ०९:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro