site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एन्फा महासचिव राईविरुद्ध पूर्वअध्यक्ष थापाले दिए साइबर ब्युरोमा उजुरी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले आफूविरुद्ध झुठो आरोप लगाएको भन्दै एन्फाका महासचिव किरण राईविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता गराएका छन् ।

थापाले एन्फाका महासचिव राईले आफूविरुद्ध एक अन्तर्वार्तामा झुठा र तथ्यहिन आरोप लगाएको बताउँदै आत्मालोचनाका निम्ति अनुरोध गर्दा बेवास्ता गरेको कारण आफू कानुनी उपचारमा लागेको जनाएका हुन् ।

राईविरुद्ध भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका हुन् ।

उनले विज्ञप्तिमा उल्लेख गरेका छन्, “अखिल नेपाल फुटबल सघंका महासचिव किरण राईले शनिबार एक टेलिभिजन अन्तर्वार्तामा ममाथि अत्यन्तै गम्भीर आरोप लगाउनुभएको विषयमा मैले उहाँलाई ती झुठा त तथ्यहिन आरोपहरू सच्याउन र आत्मालोचना गर्न अनुरोध गर्दा पनि नसच्याएपछि बाध्य भएर म कानुनी कारबाहीको प्रक्रियामा गएको जानकारी गराउन चाहन्छु ।”

उक्त अन्तर्वार्तामा महासचिव राईले एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको र पछि सम्पत्ति शुद्धीकरणको छानबिनपछि पूर्वअध्यक्ष थापाले आठ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको बताएका थिए । यसमा पूर्वअध्यक्ष थापाले आफू दोषी भए कारबाही गर्न र आरोप प्रमाणित नभए महासचिव राईले कानुनअनुसारको कारबाही भोग्नुपर्ने माग राखेका छन् ।

 

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १८:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro