site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बेलायती प्रधानमन्त्रीले युक्रेनबारे लन्डनमा बोलाए महत्त्वपूर्ण बैठक, के छ योजना ?

काठमाडौं । बेलायती प्रधानमन्त्री केयर स्टारमरले युक्रेन मुद्दामा छलफल गर्न युरोपेली देशहरू र क्यानडाका नेताहरूको महत्त्वपूर्ण बैठक बोलाएका छन् । यो बैठक आइतबार बस्दै छ ।

यस बैठकमा युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसहित विश्व नेताहरू सहभागी हुने अपेक्षा गरिएको छ । राष्ट्रपति जेलेन्स्की हाल लन्डनमा छन् । बैठकमा सहभागी हुन अन्य देशका नेताहरू पनि लन्डन जाँदै छन् ।

बैठकमा को को सहभागी हुन्छन् ?
बैठकमा इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ स्कोल्ज र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो सहभागी हुनेछन् ।

यी बाहेक नेदरल्यान्ड्स, डेनमार्क, नर्वे, पोल्यान्ड, स्पेन, फिनल्यान्ड, स्वीडेन, चेक गणराज्य र रोमानियाका नेताहरू पनि भाग लिनेछन् ।

यस बैठकमा टर्कीका विदेशमन्त्री पनि उपस्थित हुन सक्ने जनाइएको छ । बैठकमा भाग लिन नेटोका महासचिव मार्क रुट, युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टालाई पनि आमन्त्रित गरिएको छ ।

यसअघि शुक्रबार युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की वासिंगटन पुगेका थिए । त्यहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँगको भेटवार्तामा उनीहरुबीच चर्काचर्की परेको थियो ।

ट्रम्पलाई भेटेपछि जेलेन्स्की बेलायत गएका थिए । बेलायतमा उनले राजा चार्ल्स र प्रधानमन्त्री केयर स्टारमरसँग भेट गरेका छन् ।

केयर स्टारमरले आगामी योजनाको बारेमा के भने ?
बेलायती प्रधानमन्त्रीले रूस–युक्रेन युद्ध रोक्ने योजनाको बारेमा कुरा गरेका छन् ।

उनले यसबारे जेलेन्स्की, ट्रम्प, म्याक्रोनसँग छलफल गरेका थिए । फ्रान्स र सम्भवतः एक वा दुई थप देशहरूले युद्ध रोक्ने योजनामा मिलेर काम गर्ने कुरामा सहमति जनाएका छन् । यसपछि यो योजना अमेरिकासँग छलफल गरिनेछ । “मलाई लाग्छ हामीले सही दिशामा कदम चालेका छौँ,” उनले भने । बीबीसी

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro