site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विराट गोल्डकप सोमबारदेखि, विजेतालाई ११ लाख

विराटनगर । विराट गोल्डकपको तयारी पूरा भएको छ । आयोजक विराट गोल्डकप फुटबल ट्रस्टले आइतबार (फागुन १८) पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीबारे जानकारी गराएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा सोमबार मोरङ र भारतको कोलकाताको टिमबीच प्रतिस्पर्धा हुनेछ । सहिद रंगशालामा हुने प्रतियोगितामा नेपाल र भारतका १० टिमको सहभागिता रहनेछ । नेपालका आठ टिम मैदानमा उत्रने प्रतियोगिताका संयोजक नवीन रिजालले जानकारी दिए । 

प्रतियोगिताको विजेता टिमलाई ११ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार रुपैयाँ पुरस्कार दिइनेछ । उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिने रिजालले बताए ।

प्रतियोगिता यही फागुन २८ गतेसम्म चल्नेछ । अघिल्लो संस्करणको उपाधि मोरङ ११ ले जितेको थियो ।

विगतमा यो प्रतियोगिता महेन्द्र गोल्डकप फुटबल टुर्नामेन्टका नाममा आयोजना गरिन्थ्यो । देशमा लोकतन्त्र बहालीपछि नाम परिवर्तन गरेर विराट गोल्डकप राखिएको हो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro