site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बलात्कार आरोपमा दुईजना पक्राउ

काठमाडौं । डडेलधुरा र मकवानपुरमा बलात्कार आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । डडेलधुरामा पक्राउ पर्नेमा आलिताल गाउँपालिका–७ का ५८ वर्षीय भोजबहादुर बोहरा छन् ।

१६ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । शनिबार (फागुन १७) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

गएको असारमा भोजबहादुरले ती किशोरीको बलात्कार गरेको आरोप छ ।

बलात्कार आरोपमा मकवानपुरमा पक्राउ पर्नेमा वाग्मती गाउँपालिका–२ का ३७ वर्षीय निरबहादुर पाख्रिन छन् । ३६ वर्षीया एक महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । शनिबार दिउँसो उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १३:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro