site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा घट्यो वायु प्रदूषण
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण घटेको छ । शनिबार (फागुन १७)यता उपत्यकाका शंखपार्क, खुमलटार र भक्तपुरको वायुको गुणस्तर सुधार भएको वातावरण विभागले जनाएको छ ।

आइतबार बिहान ११ः३० बजे ती स्थानको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १०९ देखि १२६ सम्म छ । यो सूचकांक गएको शुक्रबार १५४ देखि १८६ सम्म थियो ।

दुई दिनको हल्का वर्षासँगै उपत्यकाको वायुमा पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा पनि घटेको छ । आइतबार बिहान ११ः३० बजे शंखपार्कको एक्यूआई १२६ र पीएम २.५ को मात्रा ५१.२ माइक्रोग्राम प्रतिघनमिटरमा झरेको छ । यो मात्रा शुक्रबार बिहान ११ बजे १४०.१४ पुगेको थियो ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को वायु गुणस्तर मापदण्डानुसार, एक्यूआई ५० सम्मको वायु ‘स्वस्थकर’ हुन्छ । एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति ‘अस्वस्थकर’ हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ तथा बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।

पीएम १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ ।

पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १२:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro