site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वरोजगार लघुवित्तको एफपीओमा आवेदन खुला

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आइतबार (फागुन १८)देखि थप सार्वजनिक निष्कासन (एफपीओ)मा आवेदन खुला गरेको छ । लघुवित्तले एक करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँबराबरको एफपीओ निष्कासन गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका एक लाख ९५ हजार ७७३ कित्ता सेयर निष्कासन गरेको छ । कम्पनीको एफपीओमा लगानीकर्ताले यही फागुन २१ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा चैत ३ गतेसम्म म्याद थपिनेछ ।

लघुवित्तको एफपीओमा न्यूनतम १० देखि अधिकतम एक हजार कित्ताका निम्ति आवेदन दिन सकिनेछ । लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र ‘मेरोसेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  ११:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro