site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुन प्रदेशको मौसम कस्तो रहला ? 

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार कोशी प्रदेशमा दिउँसो हिमाली पहाडी र तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ । राति तीनै क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

मधेश प्रदेशमा दिउँसो तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

बागमती प्रदेशमा दिउँसो हिमाली र पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति सबै क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

गण्डकी प्रदेशमा दिउँसो हिमाली र पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति भने सबै क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेशमा दिउँसो पहाडी र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

कर्णाली प्रदेशमा दिउँसो हिमाली र पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति हिमाली र पहाडी क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा दिउँसो हिमाली, पहाडी र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति तीनै क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

mausam-(1)-1740876313.jpg

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  ०६:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro