site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संविधान उल्टाउने खेल सफल हुन दिन्नौँ : प्रचण्ड

सिरहा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानबाट प्राप्त संविधान संशोधनका नाममा उल्टाउने खेल भइरहेको आरोप लगाएका छन् ।

‘जनतासँग माओवादी तराई/मधेस जनजागरण अभियान’अन्तर्गत शनिबार (फागुन १७) सिरहा सदरमुकाममा आयोजित सभामा उनले दशवर्षे ‘जनयुद्ध’को जग र जनआन्दोलनबाट प्राप्त संविधान उल्टाउने प्रयास सफल हुन नदिइने बताए ।

“अहिले सरकारमा रहेका दलहरू नै संविधान संशोधनको कुरा गरेर नेपाली जनताको अधिकार संकुचित गर्ने, दुईदलीय व्यवस्था कायम गर्नेतर्फ लागेका छन् । जनताको बलिदानबाट प्राप्त यो संविधान उल्टाउने खेल हामी सफल हुन दिन्नौँ,” अध्यक्ष प्रचण्डले भने ।

उनले विगतका कमजोरी सच्याएर मधेसी जनतासँग पुनः गहिरो सम्बन्ध कायम गर्न आफूहरूले हुलाकी अभियान थालेको बताए । मधेसी जनताको आत्मसम्मानका निम्ति आफ्नो पार्टी सधैँ प्रतिबद्ध रहेको उनले उल्लेख गरे । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  १९:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro