site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जेलेन्स्कीलाई तानाशाह भन्ने ट्रम्पले गरे प्रशंसा, के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ह्वाइट हाउसमा भेट्नुअघि उनको प्रशंसा गरेका छन् ।

उनले जेलेन्स्कीप्रति आफ्नो ठूलो सम्मान रहेको बताएका छन् । बीबीसीले जेलेन्स्कीलाई केही समयअगाडि ‘तानाशाह’ भनेकोमा माफी माग्ने कि नमाग्ने भनेर सोधेको थियो ।

जवाफमा ट्रम्पले आफूले यसो भनेको स्वीकार गर्न नसक्ने बताए । उनले जेलेन्स्कीलाई ‘निकै साहसी व्यक्ति’ भनेका छन् ।

युक्रेन र रुसबीचको युद्ध अन्त्यका लागि बेलायती प्रधानमन्त्री किएर स्टार्मरसँग भएको वार्तापछि ट्रम्पले सो कुरा बताएका हुन् ।

ट्रम्पले जेलेन्स्कीसँग शुक्रबार हुने भेट ‘निकै राम्रो’ हुने विश्वास व्यक्त गरेका छन् ।

उनले युक्रेन र रुसबीच शान्ति स्थापना गर्ने प्रयास तीव्र गतिमा अघि बढिरहेको बताए । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  ११:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro