site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई सिफ्टमा अपरेसन थाल्ने वीरको तयारी, प्रयोगशालाको क्षमता वृद्धि

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दैनिक दुई सिफ्टमा अपरेसन थाल्ने भएको छ । एक साताभित्रै दुई सिफ्टमा अपरेुस गर्ने गरी व्यवस्थापन गरिएको निमित्त निर्देशक डा. समाज गौतमले बताए ।

"अहिले एक सिफ्टमा भइरहेको छ । एक साताभित्र दुई सिफ्ट अपरेसन गर्ने गरी व्यवस्था मिलाएका छौँ," उनले भने ।

ल्याबको क्षमतामा वृद्धि

निमित्त निर्देशक गौतमका अनुसार, अस्पतालको प्रयोगशालाको क्षमता वृद्धिका लागि उपकरण थपिएको छ । "ल्याब परीक्षणका लागि बाहिर जान नपर्ने गरी प्रयोगशालाको क्षमता बढाएका छौँ," उनले भने, "बाहिर प्रयोगका लागि गइरहेका परीक्षणको विवरण अध्ययन गरेर आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्ने योजनाअनुसार काम थालिएको छ ।"

डा. गौतमले वीरमा हाल दैनिक २५ एमआरआई भइरहेकामा क्षमता वृद्धि गरेर ३२ पुर्‍याइएको बताए । "अहिले दैनिक भएको भन्दा बढी एमआरआई सेवा उपलब्ध भएको छ," उनले भने, "अब पहिलेभन्दा महिनामा २०० जनाले बढी सेवा लिन पाउनेछन् ।"

अस्पतालमा सफाइको काम सुरु

वीर अस्पतालले सबैभन्दा धेरै आलोचना सरसफाइलाई लिएर खेप्ने गरेको छ । शौचालय सफा नभएका भनेर बिरामी तथा कुरुवाको गुनासो आउने गरेको भन्दै यसको व्यवस्थापनका लागि समेत काम भइरहेको निमित्त निर्देशक गौतमले बताए ।

डा. गौतम एक साताअघि वीरको निमित्त निर्देशकको जिम्मेवारीमा छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नयाँ निर्देशक नियुक्त नहुँदासम्म गौतमलाई वीरको निमित्त दिएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १३:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro