site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महाशिवरात्रिमा सात लाख भक्तजनले गरे पशुपतिनाथको दर्शन

काठमाडौं । यस वर्ष महाशिवरात्रिको अवसरमा करिब सात लाख भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन् । बुधबार बिहानदेखि साँझसम्म करिब सात लाख भक्तजनले पशुपतिनाथको दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले बताए ।

“आधिकारिकरूपमा कति जनाले दर्शन गरे भन्ने कुरा प्रचारप्रसार समितिले भोलिमात्रै सार्वजनिक गर्छ । अहिलेसम्मको तथ्यांकलाई हेर्दा करिब सात लाख भक्तजनले पशुपतिनाथको दर्शन गरे,” उनले भने । 

कोषका प्रवक्ता रेवती रमण अधिकारीले दर्शनार्थीले भोलि बिहानसम्मै पशुपतिनाथको दर्शन गर्न पाउने बताए ।  

विशेष पूजा

जोशीका अनुसार, बुधबार साँझ ७ बजेदेखि विशेष पूजा हुँदै छ । विशेष पूजा २०० जनाले मात्रै गर्न पाउनेछन् ।

पहिलो प्रहर ७ बजेदेखि सुरु हुँदै छ । दोस्रो प्रहर ९ बजे, तेस्रो प्रहर १२ बजे र चौथो प्रहर ३ बजे विशेष पूजा हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १८:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro