site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलचित्र ‘हर्ष’ : घोषणा हुँदा आँचल, सेटमा वर्षा 

काठमाडौं । एकता पौडेलको निर्देशनमा निर्माण हुने चलचित्र ‘हर्ष’को शुभमुहूर्त गरिएको छ । शिवरात्रीको अवसर पारेर काठमाडौंको ठमेलस्थित त्रिदेवी मन्दिरमा शुभमुहूर्त गरिएको हो ।

यो चलचित्र फागुन १७ गतेदेखि छायांकनमा जानेछ । चलचित्र ‘हर्ष’मा खगेन्द्र लामिछाने र वर्षा राउत मुख्य भूमिकामा रहनेछन् । यसअघि यो चलचित्रमा खगेन्द्र लामिछाने आँचल शर्माको अनस्क्रिन जोडी रहने बताइएको छ । तर, मुहूर्तमा वर्षा पुगेकी  छन् । 

आँचलले चलचित्र ‘जेरी अन टप’को छायांकन नसकिएकाले ‘हर्ष’मा समय दिन नसकेको आँचलले बताएकी छन् ।  

खगेन्द्र र वर्षासँगै यो चलचित्रमा सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापा, श्रृष्टि महर्जन तथा संगीता नापितको अभिनय रहनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १४:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro