site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चौबिस घण्टामा पोखराको वायु ‘खतरनाक’, बुधबार सात सहर अस्वस्थकर 
फाइल तस्बिर ।

काठमाडौं । लगातार उच्च प्रदूषित बनिरहेको पोखरामा पछिल्लो चौबिस घण्टामा वायुको गुणस्तर खतराको तहमा रह्यो । वातावरण विभागको बुधबार दिउँसो ११ः३० को रेकर्डअनुसार पोखरामा पछिल्लो चौबिस घण्टाको औसत एयर एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ३५० पुगेको थियो ।  

यो विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्डभन्दा सात गुणा बढी हो । एक्यूआई ३५० रहँदा पोखरामा पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा ३१४.२ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको तथ्यांक छ  । 

बुधबार ११ः३० बजे काठमाडौं उपत्यकाका चारसहित देशका सात स्थान अस्वस्थ्कर छन् । उपत्यकाका शंखपार्क, खुमलटार, भैँसेपाटी, भक्तपुरसहित काभ्रेको धुलिखेल, चितवनको भरतपुर र कैलालीको धनगढी अस्वस्थकरको सूचीमा छन् । 

ती स्थानको एक्यूआई १५१ देखि १७० सम्म छ । यीबाहेक अन्य सहरको एक्यूआई १५० भन्दा तल छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को वायु गुणस्तर मापदण्डअनुसार, एक्यूआई ५० सम्मको वायु स्वस्थकर हुन्छ ।

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति अस्वस्थकर हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दामाथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।

पीएम १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटरभन्दामाथि भए वायु अस्वस्थकर हुने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ । 

पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १२:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro