site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद्‌माथि सरकारको निरन्तर बलमिचाइँ : सांसद शर्मा
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले सरकारले संसद्‌मा बलमिचाइँ गर्न खोजेको आरोप लगाएकी छन् । मंगलबार (फागुन १३) प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले यस्तो आरोप लगाएकी हुन् ।

संसदीय समितिबाट पारित विधेयक समेत मन्त्रीले संशोधन गरेको उनले उल्लेख गरिन् । उनले सरकारले संसद्‌मा विचाराधीन विधेयक फिर्ता नलिई अध्यादेश जारी गरेको र मन्त्रीका होटेलहरूमा समिति बैठक राख्ने गरिएको बताइन् ।

“हामी देखिरहेका छौँ, संसद्‌माथि सरकारको निरन्तर बलमिचाइँ भइरहेको छ । संसदीय समितिबाट पारित विधेयकलाई मन्त्रीबाट संशोधन हुन्छ,” उनले भनिन्, “संसद्‌मा विचाराधीन विधेयकलाई फिर्ता समेत नलिई अध्यादेश जारी हुन्छ । मन्त्रीका होटेलहरूमा समितिका बैठकहरू आयोजना गरिन्छन् ।”

संसद्‌मा प्रतिपक्ष दलका नेताहरूले सोधेका प्रश्नको जवाफ समेत सरकारले नभई सांसदहरूले दिने गरेको उनले आरोप लगाइन् । “प्रश्नोत्तर कार्यक्रममा जवाफ नदिएर अपमान गर्ने मात्र होइन सभामुख महोदय, प्रतिपक्षी दलका नेताहरूले सोधेका प्रश्नहरूको जवाफ सरकारले हैन, सत्तारूढ दलका सांसदहरूले दिनुहुन्छ,” उनले भनिन् ।

यसप्रकारको गतिविधि रोकिनुपर्नेमा उनले जोड दिइन् । शक्ति पृथकीकरणको सिद्धान्तअनुसार संसद्को अधिकार सदुपयोग गर्न पाउनुपर्ने उनले माग गरिन् । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro