site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
च्याम्पियन्स ट्रफी : साविक विजेताको खराब यात्रा

काठमाडौं । घरेलु मैदानमा जारी आईसीसी च्याम्पियन्स ट्रफीमा साविक विजेता समेत रहेको पाकिस्तान समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेल खेल्न बाँकी रहे पनि पाकिस्तानको अन्तिम–४ को सम्भावना समाप्त भएको हो ।

पाकिस्तान प्रतियोगिताको समूह ‘ए’मा छ । पाकिस्तानले समूह चरणको अन्तिम खेलमा आउँदो बिहीबार बंगलादेशविरुद्ध खेल्ने तालिका छ । 

समूह चरणका दुई खेलमा लगातार हार व्यहोर्दा सन् २०१७ को च्याम्पियन पाकिस्तानको यात्रामा पूर्णविराम लागेको हो । पाकिस्तानले समूह चरणको पहिलो खेलमा न्युजिल्यान्डसँग ६० रन र दोस्रो खेलमा चिरप्रतिद्वन्द्वी भारतसँग ६ विकेटको हार व्यहोरेको थियो ।

यो समूहबाट समूह चरणको अन्तिम खेल बाँकी छँदै साविक उपविजेता भारत र न्युजिल्यान्डले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । अब यी दुई टिमबीच समूहको विजेता र उपविजेताको छिनोफानोका निम्ति प्रतिस्पर्धा हुनेछ । उक्त खेल मार्च २ मा हुनेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro