site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
म्याग्दीमा ३.४ देखि ३.६ म्याग्निच्युडका चार भूकम्प

काठमाडौं । म्याग्दीका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार (फागुन १३) बिहान ३.४ देखि ३.६ म्याग्निच्युडका चार धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

बिहान ९ बजेर २६ मिनेटमा म्याग्दीको मुरी आसपास केन्द्रविन्दु भएको ३.६ म्याग्निच्युडको धक्का मापन गरिएको केन्द्रले जानकारी गराएको छ ।

त्यसअघि, मंगलबार बिहान ९ बजेर १८ मिनेटमा म्याग्दीकै मुना आसपास केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यसै दिन बिहान ६ बजेर १३ मिनेटमा म्याग्दीको देवीस्थान आसपास केन्द्रविन्दु भएको ३.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो ।

मंगलबार बिहान नै ५ बजेर ५२ मिनेटमा म्याग्दीकै डाँडागाउँ आसपास केन्द्रविन्दु भएको समान ३.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार, यी साना धक्का हुन् । यी धक्का असर गर्ने खालका होइनन् । र, यस्ता सानातिना धक्का मापन हुनु स्वाभाविक प्रक्रिया हो ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १०:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro