site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारलाई देवेन्द्र पौडेलेको प्रश्न– कुलमानले के गल्ती गरे ?
फाइल तस्बिर ।द

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले ऊर्जा मन्त्रालयका पछिल्ला गतिविधिमा प्रश्न उठाएका छन् । आज प्रतिनिधिसभाको बैठकमा उनले मन्त्रीको आलोचना गर्दा दूधकोसी जलविद्ययुत्‌का सीईओ विमल गुरुङलाई कारबाही गरिएको विषयमा प्रश्न उठाएका हुन् ।

त्यस्तै, पौडेलले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि सरकारले अघि बढाएको प्रक्रियालाई लिएर प्रश्नैप्रश्न गरे ।

“कुलमान घिसिङलाई बिहान हटाइन्छ, बेलुका, भोलि, पर्सि हटाइन्छ भन्ने हल्ला सुनिन्छ । उज्यालो नेपाल बनाएर के गल्ती गरे ? घाटामा गएको विद्युत् प्राधिकरणलाई नाफा गराएर के गल्ती गरे कुलमानले ? मुलुकलाई लोडसेडिङ मुक्त गराएर के गरे कुलमानले ?,” उनले प्रश्न गरे, “भारत र बंगलादेशमा बिजुली बेच्ने निर्णय गरेर के गल्ती गरे कुलमानले ?”

पौडेलले विद्युत् नियमन आयोगले विद्युत् महसुल तिर्नेहरूको लाइन काट्ने कि नतिर्नेहरूको काट्ने भन्दै प्रश्न गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १३:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro