site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पशुपतिमा संस्कृतिमन्त्रीको नेतृत्वमा साधुसन्तको र्‍याली
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको नेतृत्वमा साधुसन्तको र्‍याली निकालिएको छ । पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको र्‍यालीको नेतृत्व गर्न मन्त्री पाण्डे सोमबार (फागुन १२) बिहान त्यहाँ पुगेका थिए ।

र्‍यालीमा कोषका पदाधिकारी, संस्कृत विद्याश्रमका विद्यार्थी, गुरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहभागिता थियो ।

पशुपतिनाथ मन्दिरको मूलढोकाबाट सुरु गरिएको र्‍याली पिंगलास्थान, गौशाला, जयवागेश्वरी हुँदै पुनः मन्दिरको मूलढोकामा पुगेर समापन भएको थियो । कोषले महाशिवरात्रिको सबै तयारी पूरा गरेको जनाएको छ । शिवरात्रिका निम्ति भारतलगायत देशबाट साधुसन्त आउने क्रम जारी छ । यही फागुन १४ गते महाशिवरात्रि पर्व परेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  ११:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro