site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टेक्नोका फोनमा अब 'डिपसिक एआई'

काठमाडौं । चिनियाँ मोबाइल निर्माता टेक्नोले आफ्नो एआईमा डिपसिक एलएलएमलाई इन्टिग्रेट गरेको बताएको छ ।

डिपसिक एलएलएमलाई टेक्नो एआईमा समावेश गरेर आफ्ना स्मार्टफोनलाई स्मार्ट, फास्ट र नयाँ स्तर प्रदान गरेको टेक्नोको भनाइ छ ।

यससँगै टेक्नोका फोनमा उपलब्ध भ्वाइस कमान्ड, स्मार्ट क्यामेरा, तीव्र अनुवादलगायत उपयोगी टुल्स पहिलेभन्दा उन्नत र सहज बनेको कम्पनीको दाबी छ ।

डिपसिक एलएलएमसँग टेक्नो एआईले दैनिक कामलाई सहज र तीव्र बनाएर विद्यार्थी, व्यवसायी र प्रविधिप्रेमीको दैनिक दक्षतामा वृद्धि गर्ने कम्पनीको भनाइ छ ।

टेक्नोले ठूला डिस्प्ले, शक्तिशाली क्यामेरा र लामो समयसम्म चल्ने ब्याट्रीजस्ता प्रिमियम सुविधाहरूसहित किफायती मूल्यमा अत्याधुनिक फोन उपलब्ध गराइरहेको बताएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १६:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro