site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रम्पको अभिव्यक्तिप्रति गोकुल बास्कोटा भन्छन्– हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । आइतबार (फागुन ११) प्रतिनिधिसभा बैठकमा उनले यूएसएडमार्फत भएको खर्चलाई ‘फ्रड’ भनिँदा नेपालको छविमाथि गहिरो चोट लागेको बताए ।

“हेप्नुको पनि सीमा हुन्छ सभामुख महोदय । अमेरिकाले नेपाललाई लामो समयदेखि सहयोग गर्दै आयो – आफ्ना एजेन्सी, दूतावस, एजेन्सीमार्फत । हामीले त्यसलाई स्वीकार गर्‍यौँ,” उनले भने, “तर, आज हामी फ्रड बनेका छौँ, बनाइएका छौँ । उल्टो प्रहार हामीमाथि सुरु भएको छ, जसले नेपालको राष्ट्रिय स्वाधीनता र अन्तर्राष्ट्रिय छविमाथि आँच लागेको छ । गहिरो चोट लागेको छ ।”

राष्ट्रिय भावनामा चोट पुर्‍याएको उनको भनाइ छ । “सहयोग दिनुभयो, हामीले लियौँ । त्यसको मनिटरिङ कसले गर्न पाउनुपर्थ्यो, किन भएन ? जसले सहयोग दियो, उहाँहरूको पनि जनताको करको पैसा आएको होला । त्यो फ्रड हामीले गरेको हो कि फ्रड स्वीकृत गर्ने काम उहाँहरूले गरेको ?,” बास्कोटाको प्रश्न छ ।

अब सहयोगको सीमा स्पष्ट पारिनुपर्नेमा उनले जोड दिए । “हामी कुन सहयोग लिन्छौँ, कुन लिँदैनौँ दृढतापूर्वक भन्नुपर्दछ । ती सहयोगले परिणाममा के फरक पार्छ भन्ने कुरा आउनुपर्‍यो । जे पायो त्यही स्वीकार गर्ने कुरा हुँदैन,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १४:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro