site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
योगेश भट्टराईले भने– विरोधका सीमा हुन्छन्

काठमाडौं । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले ताप्लेजुङको पाथीभरा मन्दिर (मुकुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको जिम्मा ऐन–कानुनानुसार नै निजी क्षेत्रलाई दिइएको बताएका छन् । आइतबार (फागुन ११) प्रतिनिधिसभा बैठकमा उनले विरोधको पनि सीमा हुने बताए ।

शनिबार (फागुन १०) बेलुका केबलकारविरोधी समूहबाट भएको मसाल जुलुसका क्रममा सर्वसाधारणका घरमा आगो फालिएको उनले उल्लेख गरे । त्यसक्रममा सुरक्षाकर्मी पनि घाइते भएका उनले बताए ।

“नेपालको ऐन–कानुनको व्यवस्थाअनुसार नै केबलकार निर्माणको जिम्मा कुनै निजी क्षेत्रलाई दिएको बिर्सन हुँदैन । त्यसकै आधारमा निर्माण कार्य अघि बढाएको हो,” उनले भने, “विरोधका सीमा हुन्छन् । सभ्य र शान्तिपूर्ण ढंगले अघि बढाउनुपर्छ ।”

ताप्लेजुङबाटै सांसद चुनिएका भट्टराईले धर्म र संस्कृतिलाई व्यक्तिको निजी स्वार्थमा प्रवेश गराउन नहुनेमा जोड दिए । “विकासको विरोधी कोही पनि छैन । धर्म र संस्कृतिको विरोधी कोही पनि छैन,” उनले भने, “धर्म र संस्कृतिलाई व्यक्तिका निजी स्वार्थमा प्रयोग गर्न, राजनीतिमा प्रवेश गराउँछौँ, त्यसले भंयकर विवाद ल्याउँछ ।”

पाथीभरा क्षेत्रमा केबलकार बनाउन हुने र नहुने गरी दुई पक्ष देखिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १३:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro