site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बार्सिलोनाको जितमा ओल्मो र टोरेसको गोल

काठमाडौं । स्पेनिस ला लिगामा लिग लिडर बार्सिलोनाले लास पाल्मेसविरुद्ध उसैको मैदानमा २–० को जित निकालेको छ । 

शनिबार राति ग्रान कानारियामा भएको खेलमा पाहुना टिमलाई जित दिलाउन ड्यानी ओल्मो र फेरान टोरेसले गोल गरे । बार्सिलोनाले दुवै गोल दोस्रो हाफमा गरेको हो ।

खेलको ६२औँ मिनेटमा ओल्मोको गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो । यस्तै, इन्जुरी समयमा टोरेसले गोल गर्दै पाहुना टिमको अग्रता दोब्बर बनाए । यसपछि थप गोल नहुँदा बार्सिलोनाले २–० को जितसहित तीन अंक पक्का गरेको हो । 

ला लिगामा बार्सिलोनाको यो १७ औँ जित हो । जितसँगै तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले २५ खेलबाट ५४ अंक जोडेको छ । 

जुन दोस्रो स्थानको एट्लेटिको मड्रिडकोभन्दा एक अंकमात्र धेरै हो । यस्तै, अर्को चिर–प्रतिद्वन्द्वी रियाल मड्रिड भने २४ खेलबाट ५१ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  ०८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro