site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शेखरको चिन्ता : कांग्रेसको एमालेकरण भयो

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशनलाई आमनिर्वाचनपछि धकेल्न खोजे कांग्रेस कमजोर हुने बताएका छन् । 

शनिबार काठमाडौंमा प्रजातन्त्र सेनानी संघका प्रतिनिधिलाई चियापान कार्यक्रमको आयोजना गर्दै कोइरालाले तोकिएको समयमा नै पार्टीको महाधिवेशन हुनुपर्ने बताए । समयमा नै महाधिवेशन सम्पन्न गर्न सबैले पार्टी नेतृत्वलाई दबाब दिनुपर्ने उनले बताए । 

कोइरालाले दुईदलीय गठबन्धन बनाएपछि भएका गतिविधि हेर्दा कांग्रेस एमालेकरण भएको हो कि जस्तो देखिएको भन्दै चिन्ता व्यक्त गरे । कांग्रेस ठूलो पार्टी भए पनि आफ्नो नेतृत्वमा भन्दा पनि अरूको नेतृत्वमा सरकारमा सहभागी हुनु उचित नभएको उनले बताए । 

त्यस्तै, कोइरालाले सरकारको गलत कामलाई निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिए । पार्टीभित्र कसैलाई पनि अन्याय हुन नदिने उनको भनाइ छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  १३:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro