site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘बालापनको उमेर–२’मा प्रियंका र सरोजकी छोरीको नृत्य

काठमाडौं । ‘बालापनको उमेर–२’ गीत सार्वजनिक भएको छ । सुरक्षा बाठा मगरको स्वरमा रहेको गीतमा वसन्त सापकोटाको शब्द र संगीत छ ।  

सन् २०१८ मा रिलिज भएको गीत ‘बालापनको उमेर’को दोस्रो ‘भर्सन’ हो । उक्त समयमा यो गीत गायिका समीक्षा अधिकारीले गएकी थिइन् ।  यही गीतबाट समीक्षा नेपाली सांगीतिक क्षेत्रमा चिनिएकी थिइन् ।

‘बालापनको उमेर–२’मा आन्भी ओली, आयंका कार्की र प्रियंका कार्की फिचर्ड छन् । आन्भी गायक तथा निर्माता सरोज ओलीकी छोरी हुन् । यो उनको पहिलो म्युजिक भिडियो हो ।

प्रियंकाकी छोरी आयंकाको पनि यो पहिलो म्युजिक भिडियो हो ।

मौसम हिमालीको कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियोलाई नवराज उप्रेती र सुनिल भण्डारीले खिचेका छन् । भिडियोमा भुपेन्द्र अधिकारी र मनोज कार्कीको सम्पादन छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro