site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमबाप्पे रोनाल्डोको स्तरमा पुग्न सक्ने एन्सेलोट्टीको दाबी 

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीविरुद्ध ह्याट्रिक गरेपछि रियाल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले फरवार्ड किलियन एमबाप्पेको तारिफ गरेका छन् । 

एन्सेलोट्टीले सिटीविरुद्ध नकआउट चरणमा निम्ति भएको प्लेअफमा जित निकालेपछि एमबाप्पेसँग रियाल पूर्वचर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोको स्तरमा पुग्न सक्ने क्षमता रहेको बताएका हुन् ।

बुधबार अन्तिम–१६ का निम्ति भएको प्लेअफअन्तर्गत दोस्रो लेगमा एमबाप्पेले ह्याट्रिक गर्दा रियालले सिटीलाई घरेलु मैदान सान्टियागो बर्नबेउमा ३–१  ले हराएको थियो । त्यसअघि रियालले पहिलो लेगमा पनि सिटीलाई उसैको मैदानमा ३–२ ले निराश बनाएको थियो । 

समग्रमा ६–३ को जित निकालेसँगै एन्सेलोट्टीले एमबाप्पेलाई रोनाल्डोको खेलसँग तुलना गर्दै भने, “रोनाल्डोले ठूलो कीर्तिमान बनाइसकेका छन् । रोनाल्डोको जस्तो क्षमता एमबाप्पेसँग पनि छ । तर त्यत्तिको क्षमता बनाउन उनले धेरै मिहिनेत गर्नुपर्छ । सबैजना एमबाप्पेको ह्याट्रिक पर्खिरहेका थिए । र, अहिले उनले गरे पनि  । एमबाप्पेमात्र नभई हामीसँग त्यस्ता धेरै खेलाडी छन्, जसले खेलमा फरक पार्न सक्दछन् ।”

रियाल आउनुअघि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)मा रहेका एमबाप्पेले त्यहाँ ६ वर्ष बिताउँदा ३०८ खेलमा २५६ गोल गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro