site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिमाभित्रका जाँच स्थगित गर्ने

काठमाडौं । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गतका प्रयोगशाला तथा रेडियोलोजी परीक्षण स्थगित गर्ने भएको छ । प्रतिष्ठानले शुक्रबार एक सूचना जारी गर्दै फागुन १८ गतेदेखि ती सेवा स्थगित गर्ने जानकारी गराएको हो । 

साथै बिमा कार्यक्रमार्फत दिइने औषधि पनि अब एक हप्ताका लागि मात्रै दिने सूचनामा उल्लेख छ । स्वास्थ्य बिमा बोर्डले ११ करोड रुपैयाँ शोधभर्ना दिन बाँकी रहेकाले  जाँचहरू गर्न आवश्यक केमिकल खरिद गर्न समेत आर्थिक अभाव भएको प्रतिष्ठानको दाबी छ । 

बोर्डबाट उक्त रकमको भुक्तानीबारे कहिले हुने भन्ने अनिश्चित रहेकाले तीन महिनाका निम्ति दिनुपर्ने औषधि एक सातामा झारिएको सूचनामा उल्लेख छ ।

rapti-1740132223.jpg
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १५:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro